समाज कल्‍याण परिषद्का सबै पदाधिकारीले दिए राजीनामा

समाज कल्याण परिषद्का उपाध्यक्षसहित सबै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् । परिषद्‍का सदस्य सचिव पुष्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले सामूहिक राजीनामा दिएका हुन् । सबै पदाधिकारीहरूलाई केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थियो ।