काठमाडौं : मंगलबार साँझ कलंकीमा ट्रकको ठक्करबाट पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा स्कुटरचालक धादिङको खरी गाउँपालिका-२ का ३५ वर्षीय रामबहादुर आचार्य र पछाडि सवार बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाह छन्।साँझ पौने ५ बजे कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९३०० नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।ट्रकसहित चालकलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ