काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषतर्फ तथा पुलिस महिलातर्फ च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले टाइम्सलाई ९०–५८ को फराकिलो अन्तरले सहजै हराउन सफल भयो । […]