काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि योपटक निर्वाचन आयोगले देशभर दुई लाख ४६ हजार ९६० कर्मचारी खटाएको छ।आयोगका अनुसार देशभरका २२ हजार २२७ मतदान केन्द्र, १४१ अस्थायी मतदान केन्द्र र १० हजार ८९२ मतदानस्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलगायत खटाइएका छन्।निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको व्यवस्थापनका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७४ कार्यान्वयनमा छ।यसर