दाङ । दाङको घोराहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । दसैँ, तिहार तथा छठ पर्व नजिकिएसँगै दाङमा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्न थालेको हो । चाडपर्वका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्ताको सङ्ख्या बढेसँगै साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीको सुपथ मूल्य पसलमा नुन र चिनी […]