फुटकाे संघारमा एमाले, नयाँ दल दर्ताको तयारीमा झलनाथ–माधव समूह

काठमाडौं : नेकपा एमालेबाट कारबाही भोगेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताको आन्तरिक गृहकार्य थालेको छ। पार्टी विपरित चलेको भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहमाथि कारबाहीको डण्डा चलाएपछि दल दर्ताको लागि आन्तरिक गृहकार्य थालेको हो।पार्टीभित्रको आन्तरिक किचलोले एमाले औपचारिक विभाजन घोषणा हुन मात्रै बाँकी छ। ओलीविरुद्ध विपक्षी मोर्चाबन्दीमा लागेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेता नेपाल समूह लाग्यो।