माओवादी केन्द्रका नेता एवं प्रवक्ता कृष्णबहादुर महराले गठबन्धनमा आफ्नो हैसियत अनुसार पार्टीहरूबीच भागवण्डा भएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै महराले गठबन्धनमा कसैले कसैले पेलेको अनुभूति नगर्न आग्रह गरे । उनले भने–‘कहिँ कहिँ काँग्रेसले माओवादीलाई पेलेको भन्ने, कहिँ माओवादीले काँग्रेसलाई पेलेको भन्ने कुरा आउने गरेको छ । आज बिहान काँग्रेसका केन्द्रीय सदस्य भन्नुहुन्थ्यो अति भयो, पेल्नुभयो धेरै, छोड्दिँउ भन्नुभयो । कतै काँग्रेसले पेलेको अनुभूति