पूर्वसभामुख महरा नर्भिक अस्पताल भर्ना

सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको छ।...

सम्बन्धित सामग्री

पूर्वसभामुख महरा : विहान डिस्चार्ज वेलुका भर्ना, सुनकाण्डमा बयान सुरु

काठमाडौँ : सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको आजदेखि सरकारी वकिलसमक्ष बयान सुरु भएको छ। बयानका लागि आज सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएका महराको भोलि पनि बयान जारी रहने सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।सुन तस्करी प्रकरणमा महरा सोमबार पक्राउ परेका थिए। यसअघिका भिभिआइपीकै अनुशरण गरेर महरा प्रहरी हिरासतमा नबसी सिधै नर्भिक अस्पताल भर्ना भएका छन्। उनी आज बिहान बयानका लागि अस्पतालबाट डिस्चार्ज भएर निस्किएका थिए