राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष ओलीको भेटवार्ता

काठमाडौं, २० पुष । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भेट्न ओली आज शितलनिवास पुगेका हुन् । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी गरिरहेको र प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिन लागिरहेको सन्दर्भमा ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । एमालेनिकट […]