सरकार र निजीक्षेत्रबीच आशंका हट्नुपर्दछ

१९९३ सालमा वीरगञ्जमा जन्मिएका बाबुलाल चाचान औद्योगिक एवम् व्यापारिक समूह चाचान ग्रुपका अध्यक्ष हुन् । २००९ सालको प्रवेशिका परीक्षामा ‘बोर्ड फर्स्ट’ भएका चाचान मानविकीमा स्नातक गरेपछि कपडाको पुस्तैनी कारोबारमा प्रवेश गरेका थिए । अहिले उनले आफ्नो समूहका एक दर्जनभन्दा बढी उद्योग र व्यापारिक प्रतिष्ठानको नेतृत्व गरिरहेका छन् । २०१५ सालदेखि निजीक्षेत्रका संघसंस्थामा सक्रिय चाचानले वीरगञ्ज उद्योग वाणिज्य संघमा अध्यक्षको रूपमा दुई कार्यकाल नेतृत्व गरिसकेका छन् । संघमा रहेर चाचानले वीरगञ्जमा सुक्खा बन्दरगाह स्थापनामा अग्रणी भूमिका निर्वाह गरेका थिए । अहिले उद्योग व्यापारको अवस्थालाई निकै चुनौतीपूर्ण देख्ने चाचानसँग आर्थिक अभियानका ओमप्रकाश खनालले गरेको कुराकानीको सार : कोरोना महामारीयताको उद्योग व्यापारको अवस्था कस्तो पाउनुभएको छ ? अहिले उद्यम व्यापारको अवस्था अत्यन्त नाजुक छ । जति पनि ठूला उद्योग छन्, ती सबै क्षमताको करीब २५ प्रतिशतमा चलेका छन् । बजारमा माग नै छैन । निर्माण सामग्रीतर्फका सिमेन्ट र डण्डी उद्योगको खपत छैन । सरकारले विकास बजेट खर्च गर्न सकेको छैन । योजनाहरू नचल्दा निर्माण सामग्रीको खपत घटेको छ । उद्योगहरूमा जति पनि लगानी भएको थियो, अहिले सबैको दुर्दशा भइरहेको छ । सरकारले उद्योग चलाउने अनुमति दिँदा पनि विचार गरेन । बजार पनि हेरेन । जसलाई पनि अनुमति दियो । अहिले समस्या भइरहेको छ । सरकारको बजेट खर्च नहुनुमात्र समस्या हो कि अरू पनि कारण छन् ? एउटा त सरकारको पैसा खर्च भएको छैन । अर्को, बैंकले पनि पैसा दिएको छैन । दिएकोमा पनि ब्याज बढी छ । १५/१६ प्रतिशतमा लिएर घर बनाउन त सकिन्न । जग्गाको काम भएको छैन । यसले पनि निर्माण सामग्रीको माग घटेको छ । अहिले आय घटेको र अर्थतन्त्रबारे अन्योलका कुरा आएकाले पनि मानिसले खर्च गरेका छैनन् । समयसापेक्ष र स्पष्ट कानूनको अभाव समस्या हो । निजीक्षेत्रमा पनि बजारको अध्ययन नगरी देखासिकीमा लगानी गर्ने प्रवृत्ति छ । समस्याको कारण यो पनि हो कि होइन ? अहिले त्यस्तो देखासिकी गर्ने प्रवृत्तिमा कमी आएको छ । पहिला अरूले कमाएको देखेपछि अध्यनन नगरी हाम्फाल्ने अभ्यास थियो । अहिले उद्योग व्यापारमा नयाँ युवाहरू आएका छन् । उनीहरूले बजार अध्ययन गरेर मात्रै लगानी गर्ने गरेका छन् । यो राम्रो पक्ष हो । सरकारले सिमेन्ट र डण्डी निकासीमा अनुदान दिएको थियो । तर किन निकासी हुन सकेन ? सिमेन्ट र डण्डीको उत्पादन क्षमता आवश्यकताभन्दा बढी भएको छ । अब भारत पठाउन सकियो भने केही राहत हुन सक्छ । यसबाट निकासी पनि बढ्न सक्छ । उद्योगलाई टिकाइराख्न पनि सहज हुन्छ । सरकारले निकासीमा दिने भनेको ८ प्रतिशत अनुदान व्यावहारिक छ । त्यसले उद्योगीलाई आशा जगाएको थियो । यसबाट प्रतिस्पर्धा गर्न सकिन्छ । भारतमा बजार पनि पाउने सम्भावना छ । तर, त्यहाँको गुणस्तरको अनुमति नपाएकाले पठाउन पाएको छैन । भारतीय निकायले उत्पादनको नमूना लिएर पनि निर्णय दिएको छैन । सरकारले यसमा पहल गरिदिनु पर्दछ । घोषणा भएको अनुदान सहज रूपमा पाउने हो भने मूल्यमा प्रतिस्पर्धा गर्न सकिन्छ । भारतमा गुणस्तर प्रमाणित गर्न ढिलाइले निकासी हुन नसकेको हो । अहिलेका लागि समाधानको उपाय के हो ? भारत निकासी गर्ने हो भने समस्याको निकासका लागि सरकारले पहल गर्नुपर्दछ । यसबाट केही हदसम्म समस्या हल हुन सक्दछ । उत्पादन लागतमा समस्या छैन । सिमेन्टको क्लिंकर स्वदेशमै उत्पादन भएको छ । भारतसँग प्रतिस्पर्धा गर्न हामी तयार छौं । सरकारले निकासी बढाउने वातावरण बनाउन सहजीकरण गरिदिनु पर्दछ । घोषणा भएको निर्यात अनुदान सहज रूपमा पाउने हो भने मूल्यमा प्रतिस्पर्धा गर्न सकिन्छ । निर्यात र आयात प्रतिस्थापनमध्ये केलाई प्राथमिकतामा राख्नुपर्दछ ? यसमा दुवैतिर लाग्नु पर्दछ । आयात प्रतिस्थापनका लागि धेरै उद्योग खुलेका छन् । अहिले केहीमा आत्मनिर्भर पनि भएको छ । आत्मनिर्भर उद्योगमै अहिले प्रतिस्पर्धा भएको छ । स्वदेशी बजारले नपुगेर निकासीमा ध्यान दिनुपरेको छ । निकासी धेरै राम्रो कुरा हो । यसका लागि सरकारले सहजीकरणको नीति लिनुपर्दछ । कृषिलाई उचित तवरले आधुनिकीकरण गर्न सके खाद्यान्नमा पनि आत्मनिर्भर हुन सकिन्छ । यसमा आधुनिकीकरणको प्रचार मात्र बढी भयो, व्यावहारिक हुन सकेन । स्वदेशी कच्चा पदार्थमा आधारित मौलिक उत्पादनमा जाने नीति कत्तिको आवश्यक देख्नुहुन्छ ? हुनुपर्ने त त्यही हो । तर, हामीकहाँ कुरामात्र धेरै भएको छ । काम कम भइरहेको छ । छाला उत्पादनकै कुुरा गरौं, हामीले एक समय राम्रै निकासी गरेको थियौं । नेपालमा पनि माग बढेको थियो । त्यसबेला उत्पादन र प्रविधिमा लगानी बढायौं । सरकारले निकासीमा अनुदान पनि घोषणा गरेको थियो । त्यो सहज रूपमा उपलब्ध गराउनुपर्ने हो । तर, सरकार घोषणामात्र गर्दछ, व्यवहारमा उद्योगीले त्यसको प्रत्याभूति पाउँदैनन् । शुरूमा निकासी गरेको भुक्तानी आएपछि बैंकले सोझै खातामा जम्मा गरिदिन्थ्यो । अनुदान आउने निश्चित भएपछि त्यहीअनुसार मूल्य प्रतिस्पर्धी बनाउन सकिन्थ्यो । अहिले मूल्य अभिवृद्धिको आधारमा ३ देखि ५ प्रतिशत अनुदान भनेको छ । तर, त्यो अनुदान लिन निकै मुश्किल छ । निकासीको भुक्तानी आएपछि बैंकले सोझै खातामा पठाउनुपर्ने हो । अहिले यसमा अनेक बहाना बनाइएको छ । पहिलो त निकासीमा समस्या छ । साउनमा ३ महीनाको मूल्यअभिवृद्धि प्रमाणित गर्नुपर्दछ । त्यसपछि फेरि ६ महीनाको गर्ने प्रक्रिया छ । एकपटकमै वर्षभरिको प्रमाणित गरे भइहाल्यो नि । पटकपटक गर्दा यसबाट अनावश्यक खर्च बढेको छ । अर्को, दाल निकासीमा १ प्रतिशत शुल्क लिइन्छ । निकासीमा शुल्क किन ? पहिला अनुदान थियो । त्यो हटाइएको छ । यसले निकासीलाई निरुत्साहन गर्छ । कर प्रणालीमा पुनरवलोकन र सुधारको खाँचो छ । सरकार र निजीक्षेत्रबीच सधैं एकअर्काप्रति आशंका किन होला ? सरकार र निजीक्षेत्रबीच आशंका हट्नुपर्दछ । सरकारका नियम कानून स्पष्ट हुनुपर्दछ । २०४९ मा तत्कालीन सरकारले ल्याएको औद्योगिक व्यवसाय ऐनमा १० वर्षसम्म आयकर छूट दिने भनिएको थियो । त्यसबेला धेरै लगानी आयो । अहिले एउटा कानूनको कुरा अर्कोले काटेको छ । अब त कुनै पनि कामलाई कानूनले नै अड्काउने गर्छ । कानूनको काम अड्काउने हो कि सहजीकरण गर्ने हो ? समयसापेक्ष र स्पष्ट कानूनको अभाव समस्या हो । संघीयता अभ्यासमा आएपछि अर्थराजनीतिमा केही फरक अनुभूति पाउनुभएको छ ? प्रदेशमा केही खर्च गर्ने बजेट आएको छ । कृषि र सडकमा सुधार आएको छ । यसबाट केही त भएको छ । तर अपेक्षा गरेअनुुसार हुन सकेको छैन । संघ र प्रदेशमा समन्वयको कमी छ । अझै पुरानै कानून छन् । प्रदेशलाई हेर्ने दृष्टिकोण पनि सकारात्मक छैन । प्रदेशमा स्रोत र अनुभवको अभाव छ । तहगत करले समस्या थपेको छ । कर प्रणालीमा पुनरवलोकन र सुधारको खाँचो छ ।

सम्बन्धित सामग्री

शर्मा गिरफ्तारीप्रति अनेक आशंका

शर्मालाई गिरफ्तार गरेको भोलिपल्ट शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले कानुनसम्मत हुने कारबाहीमा पार्टीको साथ र समर्थन रहने जनाउँदै सदस्यहरूले शर्मा पक्राउ भने सरकार र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रतिशोध साँधेको ...

ओली र सिंहबीचकाे भेटले जन्माएको आशंका

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आइतबार बालकोट पुगेका छन्। निर्वाचनको परिणाम अन्तिम चरणमा रहेको र नयाँ सरकार बन्ने तयारी भइरहेका बेला प्रधानमन्त्रीको दौडमा रहेका सिंहले ओलीलाई भेटेपछि अनेकन आशंका गरिएको छ । ओली र सिंह भेट भएको पुष्टि […]

नयाँ संविधानपछिको स्थानीय सरकार

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि एमाले अध्यक्षी केपी ओली नेतृत्वको सरकार गठन भयो तर संविधानप्रति असन्तुष्ट मधेसवादी दलसहितको मागलाई सम्बोधन हुन नसक्दा संविधानले तोकेको सीमाभित्र तीन तहको निर्वाचन नहुने आशंका बढ्दै गएको थियो।...

सरकार अमेरिकातिर ढल्किएको एमालेको आशंका

प्रमुख प्रतिपक्ष दल एमाले सरकार अमेरिकातिर ढल्किएको आशंका गर्दै दुई छिमेकीलाई उपेक्षा नगर्न सरकारलाई सचेत गराएको छ । परराष्ट्र नीति असन्तुलित र एकपाखे बनाएर सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन खोजेको...

एमाले उपमहासचिवद्वारा निर्वाचन आचारसंहिता जारी गर्न भइरहेको ढिलाइप्रति आशंका

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन आचारसंहिता जारी गर्न भइरहेको ढिलाइप्रति आशंका व्यक्त गरेका छन्। उनले सरकार र निर्वाचन आयोगले यस बिषयमा स्पष्ट ढंगले आफूलाई प्रस्तुत गर्नुपर्ने बताए।...

सरकार रहने/नरहनेमा आशंका : कोइराला

काठमाडौं । सत्तासीन प्रमुख दल नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले एमसीसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गर्नुभयो । शुक्रबार संसद भवन बाहिर बोल्दै कोइरालाले एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताउनुभयो । उहाँले एमसीसी नेपालको हितमा भएकोले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवा […]

एमालेले भन्यो-स्थानीय तह निर्वाचनबारे अब आशंका हट्यो

काठमाडौं, १८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अब स्थानीय तहको निर्वाचनबारे आशंका हटेको प्रतिक्रिया दिएको छ । सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा स्थानीय तहको निर्वाचन जेठ ४ गते नै गर्नेबारे समझदारी भएको हो । सरकार र आयोगका पदाधिकारीबीच यस्तो सहमति भएपछि एमालेले भने यो सकारात्मक भएको प्रतिक्रिया दिएको हो । […]

सरकार निर्वाचन सम्म पुग्नेमा सिटौलाको आशंका

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार निर्वाचन सम्म पुग्नेमा आशंका गरेका छन् । उनले पार्टीको १४औं महाधिवेशन उदघाटनमा बोल्दै त्यस्तो आशंका व्यक्त गरेका हुन् । ‘सरकार निर्वाचन सम्म पुगोस्,’ सिटौलाले सरकार चुनाव सम्म पुग्नेमा आशंका गर्दै भने,‘मैंले सरकार बन्दै गर्दा पनि पार्टी सभापतिज्यूलाई यही भनेको थिएँ ।’ उनले काँग्रेसको नेतृत्वमा […]

विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णयमा माओवादीको आशंका

काठमाडौं। नेकपा माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदम असंवैधानिक भएको र यसको भण्डाफोर गरेर अघि बढ्ने बताएको छ। आज बसेको स्थायी कमिटीको अनौपचारिक बैठकले प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतलाई समेत आशंका गरेको हो। माओवादी संसदीय दलका मुख्य सचेतक देव गुरुङले सरकार नसच्चिएको, संसद विघटनको अवसर खोजेको र सधैं असंवैधानिक कदममा नै उद्यत् देखिएको बताए।