'ए' डिभिजन लिग : मनाङलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । दशरथ रंगशालामा आज भएको खेलमा मनाङलाई १–० गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो । निकै रोमाञ्चक खेलमा  मच्छिन्द्रलाई जिताउन सुनिल बलले निर्णायक गोल गरे । आजको जितसँगै मच्छिन्द्रको ६ खेलमा १४ अंक भएको छ । मनाङ भने १३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।