हात्तीपाइले रोगको उच्च जोखिममा बाँके

बाँके – बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ। स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताए। उनले अभियानलाई प्रभावकारी बनाउन सबैको महत्वपूर्ण भूमिका हुने भएकाले यस अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरे। रोग निवारणका लागि हात्तीपाइलेविरुद्धको औषधि सेवन एक मात्र उपाय भएको स्वास्थ्य कार्यालयका […]

सम्बन्धित सामग्री

आजदेखि १२ जिल्लामा हात्तीपाइलेको औषधि खुवाइँदै

काठमाडौं : हात्तीपाइले रोगको उच्च जोखिममा रहेका १२ वटा जिल्लामा आजदेखि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदैछ।  हात्तीपाइले रोग निवारणका लागि १२ जिल्लामा आज औषधि खुवाइन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ। झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा औषधि सेवन कार्यक्रम सञ्चालन हुन लागेको हो।  १२ जिल्लाका १ सय २९ स्थानीय तहका ७० लाख ४५ हजार जनालाई औषधि खुवाउने लक्ष्य रहेको विभागले जनाएको छ। नेपालमा अझै पनि करिब ३० हजार जना हात्तीपाइले रोगी...

चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइँदै

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोगकोको उच्च जोखिममा रहेका झापा,धनकुटा, मोरङ,बारा, लमजुङ, पर्वत, बागलुङ,कपिलवस्तु, दाङ,बाँके, बर्दिया र कैलालीमा आम औषधि सेवन कार्यक्रम संचालन हुन लागेको जनाएको छ।

हात्तीपाइलेको उच्च जोखिममा बाँके

हात्तीपाइले रोगविरुद्धको औषधि सबैले प्रयोग नगर्दा आठ वर्षअघिबाट शुरु गरिएको हात्तीपाइले रोग विरुद्धको अभियान बाँकेमा सफल हुन सकेको छैन । हरेक वर्ष औषधी खुवाउने अभियान सञ्चालन गरिएपनि धेरैले औषधी नखाँदा सो अभियान असफल हुँदै गएको र जिल्लाका अधिकांश सर्वसाधारण संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।