राप्रपाको महाधिवेशनका लागि २३५ जना महाधिवेशन प्रतिनिधि अध्यक्षत्रयले मनोनित गरेका छन् । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना मनोनित गरिएको हो । राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा सो सूची टाँसीसकेको छ ।यसअघि बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो भने अब त्यसमा २३५ जना थप हुनेछन् । यही प्रतिनिधिले राप्रपाको नेतृत्व चयन गर्नेछन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।