राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिइन्

९ साउन, काठमाडौं । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनीयताको शपथ लिएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति हुन् ।  

सम्बन्धित सामग्री

द्रौपदी मुर्मू बनिन् भारतको १५ औँ राष्ट्रपति

काठमाडौं। भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति चुनिएकी छन्। योसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन्। उनले विपक्षी गठबन्धनका उम्मेदवार यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै विजयी बनेकी हुन्। उडिशाकी ६४ वर्षीया मुर्मूले ६४ प्रतिशत नै मत प्राप्त गर्दै विजयी भएकी हुन्। आगामी २५ जुलाईमा उनले शपथ ग्रहण गर्ने छिन्।

भारतीय राष्ट्रपति चुनाव : कसको मत कति ?

भारतीय राष्ट्रपतिको चुनावमा एनडीए गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मू भारी मतका साथ विजयी भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट आएको छ ।यस्तै पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा मात्र २ लाख ६१ हजार ६२ मत प्राप्त भएको छ । भारतीय राष्ट्रपति चुनिनका लागि जम्मा ५ लाख ४३ हजार २१६ इलेक्टोरोल भोट चाहिन्छ । दौपदीले जुलाई २५ मा राष्ट्रपतिको शपथ लिने कार्यक्रम रहेको छ। भारतको १५ औं राष्ट्रपति बन्ने मुर्मू पहिलो आदिवासी  महिला हुन् ।