चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरे, २ सय २२ वन्यजन्तुको उद्धार

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरेका छन् । यी गैँडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ३३ गैँडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैँडा शिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैँडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको हो । यस्तै, एक वर्षमा ६ वटा बाघ प्राकृतिक कारणले मरेका तिवारीले बताउनुभएको छ  । ६ वटै बाघ उपचारको क्रममा मरेको उहाँले जानकारी दिनुभएको छ । १० वटा अर्ना पनि प्राकृतिक कारणले मरेका छन् । ...