कांग्रेस महाधिवेशन: देउवाका लागि भोट माग्दै आरजु

कांग्रेस महाधिवेशनमा दोस्रो चरणको मतदान हुन केही समय बाँकी रहँदा आरजु देउवाले आफ्नो श्रीमान सभापतिका उम्मेदवार शेरबहादुर देउवाका लागि मत मागेकी छन् ।  दोस्रो चरणको मतदानका लागि लाइनमा बसेका प्रतिनिधिहरूसँग आरजुले मत मागेकी हुन् ।  साढे ३ बजेदेखि शुरू हुने मतदानको समय साँझ साढे ७ बजेसम्मका लागि तोकिएको छ ।  पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो ।  सभापतिका लागि देउवा र शेखर कोइरालाबीच...

सम्बन्धित सामग्री

बागीलाई भोट माग्दै कांग्रेसी नेता

जिल्लास्थित कांग्रेसका नेताहरू गठबन्धनविरुद्ध प्रदेश १ खोटाङ (क) मा बागी उम्मेदवारी दिएका कांग्रेस महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई भोट माग्न थालेका छन् । जिल्लाको अवस्था नबुझी केन्द्रले नेकपा एकीकृत समाजवादीको भागमा क्षेत्र दिएको भन्दै त्यसको विरुद्ध सिंगो खोटाङ कांग्रेस लागेका हुन् ।

खोटाङमा बागीलाई नै भोट माग्दै कांग्रेस नेताहरु

जिल्लास्थित कांग्रेस नेताहरु गठबन्धनविरुद्ध खोटाङ (१) मा बागी दिएका कांग्रेस महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई भोट माग्न थालेका छन् । जिल्लाको अवस्था नबुझी केन्द्रले नेकपा एकीकृत समाजवादीको भागमा पारेको भन्दै उनीहरु त्यसविरुद्ध लागेका हुन् ।

कांग्रेस महाधिवेशन : भोट माग्दै नेता कार्यकर्ता

काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनमा उम्मेदवारी दिएकाहरूले आज उम्मेदवारी फिर्ता लिने तालिका छ। शनिबार उम्मेदवारी दिएकामध्ये फिर्ता लिनेलाई आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।त्यसपछि आचासहिंता लागू हुने निर्वाचन समितिले जनाएको छ। आचारसंहिताअन्तर्गत मतदानस्थलभन्दा ५०० मिटर वरपर कुनै उम्मेदवारको प्यानल वा भोट माग्ने नियतले पर्चा पम्पलेट वा कसैलाई प्रलोभनमा पार्ने किसिमका गतिविधि गर्न पाइने छैन।तर, भृकुटीमण्डप तथा राष्ट्रियसभा केन्द्रमा विशेष गर