कोशी प्रदेशका १० जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक

धनकुटा : कोशी प्रदेशका १० जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ। २०६८ सालको जनगणनामा जनसंख्याको तुलनामा २०७८ सालको जनगणनामा कोशी प्रदेशका १० वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको पाइएको हो। तथ्यांक कार्यालय धनकुटाले शुक्रबार राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरिय नतिजा सार्वजनिक कार्यक्रमको आयोजना गरेर कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाहेकका जिल्लामा जनसंख्या ऋणात्मक भएको जानकारी दिएको हो।राष्ट्रिय जनगणना २०७८ अनुसार कोशी प्रदेशको जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने ज