दोस्रो डोज खोप वैशाखमा

 कोरोना भाइरसविरुद्ध पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकालाई वैशाखमा दोस्रो डोज दिइने भएको छ। वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले पहिलो चरणको खोप लिएका सबै नागरिकलाई दोस्रो डोज दिने निर्णय गरेको हो। पहिलो चरणको अभियान माघ १४ देखि फागुन १० गतेसम्म ४ लाखभन्दा बढीले पहिलो डोज खोप लगाएको मन्त्रालयले जनाएको छ। लक्षित समूहको झन्डै ८५ प्रतिशतले खोप लगाएक...