इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा

शानदार जित निकाल्दै इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा युक्रेनमाथि इंग्ल्याण्डले ४–० को जित दर्ता गरेको हो । इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले दुई तथा ह्यारी मागुइरी र जोर्डन हेन्डर्सनले एक–एक गोल गरे । रहीम स्ट्रर्लिङ्गको सहयोगमा केनले चौथो मिनेटमा गोल गरि इंग्ल्याण्डलाई सुरुवाति अग्रता दिलाए । ४६ औँ […]

सम्बन्धित सामग्री

इंग्ल्याण्ड र स्पेन फाइनलमा

काठमाडौं । इंग्ल्याण्ड र स्पेन २१ वर्ष मूनीको युरोकप फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । जर्जीया र रोमानियामा संयुक्तरुपले आयोजना भइरहेको प्रतियोगिताको सेमिफाइनलमा इजराइललाई ३–० ले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो । जर्जीयाविरुद्धको खेलमा इंग्ल्याण्डलाई विजयी गराउन र्मोृन गिब्स ह्वाइट, कोले पाल्मर र क्यामरुन आर्चरले एक एक गोल गरे । जितसँगै इंगल्याण्डको २१ वर्षमूनीको […]

युरोकपको फाइनलमा जोर्न कुइपर्स रेफ्री रहने

नेदरल्याण्ड्सका जोर्न कुईपर्स युरोकप फुटबल २०२० को फाइनलमा रेफ्री रहनुहुने भएको छ । युरोकप फुटबल पुरुषतर्फको फाइनलमा रेफ्री हुने उहाँ पहिलो डच हुनुहुनेछ । कुईपर्सले यसअघि पनि इंग्ल्याण्ड र इटालीबीचको खेलमा रेफ्रीको भूमिकामा रहिसक्नुभएको छ । सन् २०१४ को विश्वकप फुटबलमा समूह चरणमा यी दुई राष्ट्रले स्पर्धा गर्दा कइईपर्स रेफ्री हुनुहुन्थ्यो ।

इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा पुग्यो

इंग्ल्याण्ड युरोकप फुटबल २०२० को सेमिफाइनलमा पुगेको छ । इंग्ल्याण्डले अन्तिम १६ मा जर्मनीमाथि २–० को जित हात पारेर क्वार्टरफाइनलमा युक्रेन विरुद्धको भेट तय गरेको थियो । रोममा गए राति अबेर सम्पन्न खेलमा इंग्ल्याण्डले यूक्रेनमाथि सहज जित हात पार्दै सेमीफाइनलमा डेनमार्क बिरुद्धको भेट तय गरेको हो । समूह चरणमा लय पाउन संघर्षरत कप्तान हयारी केन उत्कृष्ट लयमा देखिनुभएको छ । जर्मनी बिरुद्धको खेलमा गोल गरेर उच्च आत्मबल पाउनुभएका केनले यूक्रेनको गोल पोष्टमा दुई गोल गर्नुभयो । चौथो मिनेटमा रहिम स्टर्लिङगको पासलाई उहाँले गोलमा परिणत गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाउनुभयो ।

इग्ल्यान्ड, क्रोसिया र चेक रिपब्लिक नकआउट चरणमा : RajdhaniDaily.com

RajdhaniDaily.com | लन्डन । समूह 'डी' बाट इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० ले पराजित - युरोकप फुटबल