काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार पनि बस्दै छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरुको तय गर्न बैठक बोलाइएको हो । शनिबार साँझ भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले समानुपातिक उम्मेदवाहरुको टुंगो लगाउन नसकेपछि आइतबार ११ बजेलाई बैठक बोलाइएको हो […]