अब गोला तानेर मुद्दा पेसी निर्धारण

काठमाडौ, मंसिर १४ । सर्वोच्च अदालतमा प्रधानन्यायाीशको पेसी तोक्ने तजबिजी अधिकार कटौती गरेर गोलाप्रथाबाट पेसी तोक्नका लागि बाटो खुलेको छ । गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुले पनि संवैधानिक इजलासको संकट भने कायमै रहेको छ । सर्वोच्चको गत ९ मंसिरको फुलकोर्ट बैठकको निर्णय अनुसारको सूचना राजपत्रमा प्रकाशित भएसँगै १५ मंसिरदेखि गोलाप्रथा प्रणाली लागू हुने निश्चित भएको […]

सम्बन्धित सामग्री

किन लम्ब्याइँदैछ एनसेल मुद्दा ?

सर्वोच्च अदालतमा विचाराधीन एनसेलको कर विवादसम्बन्धी मुद्दाको पेसी मंगलबार स्थगितमा पर्‍यो। तीन वर्षअघि अन्तरिम आदेश भएको एनसेलको कर विवाद मुद्दा पेसीमा चढ्नै कठिन छ, पेसी चढे पनि सुनुवाइ हुन सकेको छैन।...

लम्बिँदै सन्दीपविरुद्धको मुद्दा

गत कात्तिकदेखि क्रिकेटर लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा ३० पटकसम्म पेसी चढिसकेको छ। जिल्ला अदालतले बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाई हुँदै गरिरहेको टिप्पणी भएको छ।...

सर्वोच्चमा आजदेखि ‘अटोमेसन’ मा पेसी

काठमाडौं : सर्वोच्च अदालतमा आजदेखि पेसी तारिख ‘अटोमेसन’मा तोकिने भएको छ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि पेसी तारेख अटोमेसनको सुरुआत गर्न लागिएको बताएका छन्।अहिले परीक्षणका लागि अटोमेसन अभ्यास गर्न लागिएकोमा अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले ‘सिस्टम’भित्रैबाट तारिख पाउनेछन्। यसो हुँदा सेवाग्राहीको गुनासो घट्ने उनले विश्वास व्यक्त गरे।न्याय क्षेत्रमा सुधारको अभियान जारी रहेको उनको भनाइ छ। त्यसका लागि सबै क्षेत्रबाट सकारात्मक सहयोग आवश्यक रहेको उन

सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि तोकिएको पेसी स्थगित गरिएको हो । बलात्कार आरोपमा सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेको थियो । सर्वोच्चको आदेशपछि लामिछाने खेलमा फर्किएका छन् । शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा […]

नागरिकता विधेयकसम्बन्धी रिटको पेसी आइतवारलाई सर्‍यो

काठमाडौं : सर्वोच्च अदालतमा ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ को प्रमाणीकरण सम्बन्धमा परेको रिटको पेसी पर्सि आइतवारलाई सरेको छ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आजलाई तोकिएको पेसी समय अभावका कारणले हेर्न नभ्याइएपछि आइतवारलाई सारिएको जानकारी दिए। ‘आज धेरै मुद्दा भएको हुनाले रिटको सुनुवाइ हुन सकेन’,…

सिद्धबाबाविरुद्धको मुद्दा पेसी सूचीमा, सुनुवाइको सम्भावना कम

२५ फागुन, विराटनगर । आफ्नै अनुयायी माथि जबरजस्ती करणी गरेको आरोप खेपेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दा आज उच्च अदालत विराटनगरको पेसी सूचीमा छ । मुद्दाको पेसी आजका लागि तोकिएको र गोलाप्रथाबाट बेञ्च तोकिने उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । साप्ताहिक पेसी सूचीमा गिरीको मुद्दा परे पनि आज सुनुवाइ हुने सम्भावना […]

प्रधानन्यायाधीशले आज पनि तोके आफूबाहेकको पेसी, सुनुवाइ भने अनिश्चित

काठमाडौँ- राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि आफूबाहेकको पेसी तोकेका छन् । सरकार सञ्चालनमा ‘भाग’ खोजेकोलगायतका विषयबाट विवादमा तानिएका जबराले आफूसँग असन्तुष्ट १४ जना न्यायाधीशका लागि मुद्दा सुनुवाइका लागि पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने इजलासमा पेसी तोकेका छैनन् । असन्तुष्ट १४ जना न्यायाधीशसँग भेट गर्नुअघि उनले मुद्दा सुनुवाइका […]