ओलीको गृहनगर दमकको मेयरमा राप्रपाका थापा निर्वाचित

दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा एमाले पराजित भएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जितेको हो। सो नगरमा राप्रपाका उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका हुन्।