काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले कात्तिक ६ गते बिहान ७ बजेसम्म उपलब्ध गराएको तथ्याङ्कअनुसार म्याग्दी, गोरखा र सुर्खेतका प्रमुख सडकहरू प्रभावित भएका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको छ। त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा […]