काठमाडौं – मनास्लु पदमार्गमा घाइते भेटिएका पर्यटकको उद्धार गरिएको छ । नेपाल प्रहरीका अनुसार ढुङ्गाले टाउकोमा लागेर गम्भीर घाइते भएका पर्यटकलाई जिल्ला प्रहरी कार्यालय गोरखाका स्वास्थकर्मी र स्थानीय व्यक्तिको सहयोगमा उद्धार गरिएको हो । घाइतेको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर पुगेको थियो ।