नेकपा एमाले १० औँ महाधिवेशनको उद्घाटन सभा सुरु भएको छ । उद्घाटन समारोहमा विभिन्न स्थान जुलुस निस्किएको थियो । वीरेन्द्र क्याम्पस, शहीद चोक, आँपटारी, हाकिमचोक, गैँडाकोट, केन्द्रीय बसपार्क, विशालचोक लगायत स्थानबाट जुलुस निस्किएका थिए । जुलुस बाजागाजा, झण्डा, ब्यानरसहितको जुलुस उद्घाटन समारोहमा परिणत भएको थियो । कार्यक्रममा स्थलमा शीर्ष नेताहरू मुख्य मञ्चमा उपस्थित भइसकेका छन् ।