अन्तत : सोनी र जी इन्टरटेन्मेन्ट बीच मर्जर सम्झौता, १० अर्ब डलरको मिडिया कम्पनी बन्ने

पुस १०, नयाँदिल्ली(भारत)। भारतका दुई लोकप्रिय मनोरञ्जन टेलिभिजन कम्पनी अन्तत : एकापसमा गाभिने भएका छन् । जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिमिटेड(जेडईईएल) र सोनी पिक्चर्स नेटवर्क्स इन्डिया प्राइभेट लिमिटेड (एसपीएनआई) मर्जमा जान लागेका हुन् । दी इकोनोमिक टाइम्सका अनुसार ती दुवै कम्पनी बीच मर्जर सम्झौतामा हस्ताक्षर समेत भइसकेको छ । गत मंगलवार भएको सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको अधिकांश हिस्सा सोनीको हुनेछ । संयुक्त कम्पनीमा सोनीको ५० दशमलव ८६ प्रतिशत शेयर, जीको संस्थापक समूहको ३ दशमलव ९९ प्रतिशत शेयर र बाँकी सर्वसाधारणको शेयर स्वामित्व रहनेछ । साथै, जीका संस्थापक समूहलाई बजारबाट २० प्रतिशतसम्म हिस्सेदारी पुर्‍याउन सक्ने विकल्प पनि दिइएको छ ।  भारतका दुई ठूला टेलिभिजन कम्पनीको मर्जले सिंगो भारतीय मिडिया क्षेत्रलाई नै बलियो बनाउने जेडईईएलका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुनित गोयन्कालाई उदृत गर्दै दी इकोनोमिक टाइम्सले आफ्नो वेब संस्करणमा समाचार छापेको छ । मर्जरपछि  इन्टरटेन्मेन्टको क्षेत्रमा भारतको सबैभन्दा ठूलो कम्पनी बन्ने उनको दाबी छ । दुई  ओटा कम्पनी एकापसमा मर्जभएपछि कम्पनीको समग्र आम्दानी २ अर्ब डलरको नजिक पुग्ने छ। सोनीले आफ्नो १ अर्ब ५७ करोड ५० लाख डलरको पूँजी मर्जपछिको संगठित संस्थामै लगानी गर्ने पनि बताएको छ ।  सोनी र जी बीच मर्जर प्रक्रिया सम्पन्न भएमा रेभिन्युका आधारमा भारतकै दोस्रो ठूलो मिडिया नेटवर्क बन्नेछ । मर्जरपछि बन्ने कम्पनीको स्वामित्वमा ७५ ओटा टेलिभिजन च्यानल, दुई ओटा भिडियो स्ट्रीमिङ सेवा, दुई ओटा फिल्म स्टुडियो, एक डिजिटल कन्टेन्ट स्टुडियो र एक प्रोग्रामिङ लाइब्रेरी हुनेछ ।  मर्जरपछि बन्ने कम्पनीको अधिकृत पूँजी १० अर्ब अमेरिकी डलर पुग्नेछ । मर्जर सम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न हुन ८ देखि १० महीनासम्म लाग्ने बताइएको छ ।  मर्जरपछि बन्ने संयुक्त कम्पनीको बोर्डमा बहुमत सदस्यहरु भने सोनीले मनोनयन गर्ने छ जसमा एसपीएनआईका  प्रबन्ध निर्देशक तथा सीईओ एनपी सिंह समेत हुने बताइएको छ। तर मर्जरपछिको कम्पनीको प्रबन्ध निर्देशक तथा सीईओ भने जीका वर्तमान सीईओ पुनित गोयन्का हुने प्रारम्भिक सहमति भएको छ । सोनीका वर्तमान एमडी तथा सीईओ सिंह भने सोनी पिक्चर्स इन्टरटेनमेन्ट (एसपीई) का अध्यक्ष हुनेछन्।  भारतका कतिपय सञ्चार विज्ञहरुले मध्यकाल र दीर्घकालमा अहिलेका मार्केट लिडरको रुपमा रहेका स्टार र डिज्नीलाई ती कम्पनीको मर्जरपछिको संयुक्त कम्पनीले प्रतिस्थापन गर्ने बताएका छन्। एजेन्सीहरु

सम्बन्धित सामग्री

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तबीच मर्जर सम्झौता

सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी दुई लघुवित्तबीच गएको शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । सामुदानयिक लघुवित्त वित्तीय संस्थाले बिपिडब्लु लघुवित्तसँग मर्जर सम्झौता गरेकाले सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र लेखेको छ । सोही पत्रका आधारमा यो कम्पनीको सेयर […]

रुपन्देही, नवलपरासी र कपिलवस्तुका ९ सहकारीबीच मर्जर सम्झौता

१८ मंसिर, बुटवल । रुपन्देही,नवलपरासी र कपिलवस्तुका ९ वटा सहकारी संस्थाहरुबीच एकीकरण (मर्जर) सम्झौता भएको छ । रुपन्देहीका एक सहकारीसहित ७ वटा बहुउद्देश्यीय तथा कपिलवस्तु र नवलपरासीका एक/एक वटा बहुउद्देश्यीय सहकारी मिलेर सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था (प्रस्तावित) गठन गर्ने सम्झौता भएको हो । एकीकरण हुने सहकारीहरुमा बुटवलको आगन्तुक बचत तथा ऋण सहकारी संस्था, भैरहवाको सार्थक […]

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता सम्पन्न

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता सम्पन्न भएको छ। राजधानीको मेरियट होटलमा आयोजित कार्यक्रममा दुबै बैंकका सञ्चालकहरुले समान हैसियतमा (१ः१) को स्वाप रेसियोमा मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।...

कुमारी र एनसिसी बैंकबीच मर्जर सम्झौता

कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकबीच मर्जर सम्झौता भएको छ । एनसिसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले सोमबार मर्जर सम्झौतामा...

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता

अन्तत: लामो प्रयासपछि नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ । दुवै बैंकबीच सोमबार एक कार्यक्रमका बीच मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटी संयोजक कृष्णप्रसाद ज्ञवालीले दुई बैंकबीच १:१ स्वाप रेसियो हुने गरी मर्जर सम्झौतामा हस्ताक्षर गरेका […]

प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता

काठमाडौं, साउन १६। प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्ज हुने भएका छन् । प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले उक्त मर्जरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हाललाई दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्ने बताएको छ । मर्जर पश्चात् बन्ने बैंकको नाम प्रभु […]

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज हुने भएका छन् । यी दुई कम्पनीबीच बुधबार मर्जर सम्झौता भएको हो ।  उक्त सहमति पत्रमा  सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट सञ्चालक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई कम्पनीले मर्जर सम्झौता गरेसंगै नेप्सेमा दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने छ ।बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जर सम्झौता

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने भएका छन् । दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्झौता भएको छ ।दुवै कम्पनीको १ः१ को अनुपातमा स्वाप रेसियो कायम हुने प्रारम्भिक सहमति भएको छ । यी कम्पनीहरूको सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डिडिए) रिपोर्टले स्वाप रेसियो तय गर्नेछ ।मर्जर सम्झौता भएसँगै यी इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का […]

ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डुबीच मर्जर सम्झौता

काठमाडौँ । ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डुबीच मर्जर सम्झौता भएको छ । बिहीबार बिहान होटेल याक एण्ड यतीमा मर्जर सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैङ्क अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। दुवै बैङ्कबिच बराबरी हैसियतमा मर्जर सहमति भएको स्रोतले बतायो । मर्जरपछि […]

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता

काठमाडौं, २७ जेठ । देशकै अग्रणी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता गरेको छ । शुक्रबार यी दुबै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्बन्धी एमओयुमा हस्ताक्षर सम्पन्न गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पुष्टि गरेका छन् । मर्जरको क्रममा दुई बैंकलाई मिलाएर ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नाम राख्ने र स्वाप रेसीयो मेगाको […]