आफ्नै कीर्तिमान तोड्दै इटाली युरोकपको सेमिफाइनलमा, बेल्जियम बाहिरियो

फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो  । यस जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । इटालीले अघिल्लो खेलमा  ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । यस अघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।   अब इटालीले ...

सम्बन्धित सामग्री

मेस्सीको नाममा नयाँ कीर्तिमान

काठमाडौं– कतारमा जारी २२औं विश्वकपको फाइनल खेलेका अर्जेन्टिनाका लियोनल मेस्सीले नयाँ कीर्तिमान बनाएका छन् । लुसेल रंगशालामा जारी फाइनल खेल्दै मेसीले विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान बनाएका हुन्।फाइनल खेलसँगै मेसीले विश्वकपमा २६ खेल खेल्दै कीर्तिमान बनाएका हुन्। यसअघि जर्मनीको लोथार मसाउथले २५ खेल खेल्दै सबैभन्दा बढी खेल्ने कीर्तिमान आफ्नो नाममा राखेका थिए। जारी खेलमा […]

नवौं राष्ट्रिय खेलकुद: पौडीमा कीर्तिमान नै कीर्तिमान

पोखरा: नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पौडी प्रतियोगितामा आज तेश्रो दिन ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन्। यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा आज १३ कीर्तिमान भंग भएका छन्। ४०० मिटर पुरुष फ्रिस्टायलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाईमा ३, महिाल १०० मिटर बटफ्लाईमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २००…

किप्चोगेले तोडे आफ्नै कीर्तिमान

एजेन्सी – केन्याली धावक एलिउड किप्चोगेले आफ्नै नामको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएका छन् । जर्मनीको बर्लिनमा आइतबार भएको म्यारथनमा उनले नयाँ कीर्तिमान बनाएका हुन् । ३७ वर्षीय किप्चोगेले २ घण्टा १ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गरेका हुन् । बर्लिनमा नै चारवर्ष अघि उनले सोही दुरी २ घण्टा १ मिनेट ३९ सेकेण्डमा पूरा […]

म्याराथनमा किप्चोगेको विश्व कीर्तिमान

कीर्तिमान धावक इलिउड किप्चोगेले पुरुष म्याराथनमा आफ्नै विश्व कीर्तिमान  भंग गरेका छन्। आइतबार बर्लिन म्याराथन जित्ने क्रममा केन्याली धावक किप्चोगेले नयाँ विश्व कीर्तिमान कायम गरे। ३७ वर्षीय किप्चोगेले निर्धारित दूरी दुई घण्टा एक मिनेट नौ सेकेन्डमा पूरा गर्दे नयाँ विश्व कीर्तिमान बनाएका हुन्। उनले यसअघि २०१८ मा २ घन्टा १ मिनेट ३९ सेकेन्डमा म्याराथन पुरा […]

निशाको अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनीकी निशा चौधरीले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । निशाले सिनियरको राष्ट्रिय कीर्तिमान् बुधबार तोडे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि लङजम्पमा शिलाको कीर्तिमान थियो […]

हर्डल्समा जयरानीको अर्को कीर्तिमान

नेपाल आर्मीकी जयरानी थारुले ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको दोश्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जयरानीले महिला ४ सय मिटर हर्डल्स (बाधा दौड) १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । जयरानीले छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी छन् । पहिलो दिन शुक्रबार जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी थिइन् । यसअघि उक्त कीर्तिमान प्रमिला

पेलेको कीर्तिमान मेस्सीले तोड्यो

ब्राजिलियन लेजेण्ड पेलेको कीर्तिमान अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले तोडेका छन्। मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।

इटालीको नयाँ कीर्तिमान

बसेल । अन्तर्राष्ट्रिय फुटबलमा इटालीले सबैभन्दा बढी खेलमा अपराजित रहने कीर्तिमान बनाएको छ । आइतबार राति विश्वकप छनोटको समूह चरणमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले यसअघि ब्राजिल र स्पेनले राखेको ३५ खेलको अपराजित यात्रालाई तोडेका हुन् । युरोपेली च्याम्पियन इटाली ३६ खेलसम्म अपराजित रहेर नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् । यसअघि पाँच पटकको विश्वविजेता […] The post इटालीको नयाँ कीर्तिमान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं: टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। प्रतियोगितामा ४६ औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमान सुधारेकी हुन्। टोकियोमा आज बिहान सम्पन्न खेलमा महिलातर्फको १० मिटर राइफलमा ६१६.८ अंक बनाइन्। उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन्। हिजोबाट औपचारिक सुरु भएको ओलम्पिकमा नेपालबाट…

रोनाल्डोले बनाए अर्को कीर्तिमान

काठमाडौं : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका छन्। रोनाल्डोले दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत फ्रान्स विरुद्धको खेलमा एक गोल गरेसँगै रोनाल्डोले क्लोजको कीर्तिमान तोडेका हुन्। फ्रान्स विरुद्धको गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २० औं गोल संख्या पूरा गरे। यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्ल