काँग्रेसबाट गठबन्धनमा धोका भएको छैन : प्रवक्ता महत

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई आफ्नो तर्फबाट धोका नभएको दाबी गरेको छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरी काँग्रेसबाट गठबन्धनमा धोका भएको निष्कर्ष निकाल्न नहुने बताए ।‘काँग्रेसले गठबन्धनमा रहेका दललाई धोका दियो भन्ने निष्कर्ष निकाल्नु हुँदैन । गठबन्धनमा सबै पार्टीलाई मिलाएर जाने कुरा आफैंमा जटिल हो । हाम्रो पार्टी एक्लै लडेको ठाउँमा हाम्रै पार्टीका साथीहरूबाट त अन्तर्घात भएको छ । आफ्नै दललाई मतदान नगरेर अर्को दललाई दिएको छ ।’गठबन्धनमा समस्या नै