उपत्यकाकाे निषेधाज्ञा एकसाता थप्ने तयारी, तरकारी पसललाई वैकल्पिक व्यवस्थापन गरिने

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाले थप एक साता थप्‍ने तयारी गरेकाे भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले थाहाखबरलाई जानकारी दिए।‘कोरोना संक्रमणदर अझै घटेको छैन,’भट्टराईले भने,‘जोखिम कायमै छ,त्यसैले थप एक साता निषेधाज्ञा थपिन्छ।’ यसका लागि भोलि (मंगलबार) तीन वटै जिल्लाका प्रमुख अधिकारीहरुसँग बैठक बसेर  निर्णय गरिने उनले बताए।तरकारी पसलमा बढि भीडभाड