रुस-युक्रेन तनाव : भारतीय विद्यार्थीसहित ८० मारिए

युक्रेनको पूर्वोत्तर सहर ओख्तिर्कामा रुसी सेनाको आक्रमणमा परी सोमबार ७० युक्रेनी सैनिकको ज्यान गएको एक स्थानीय अधिकारीले बताएका छन् । सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य इकाइ ध्वस्त भएको छ । उनका अनुसार उद्धारकर्ता तथा स्वयंसेवकले भग्नावशेषबाट शव निकालिरहेका छन् ।

सम्बन्धित सामग्री

सन् २०२३ : रुस-युक्रेन तनाव, युद्धविराम हुने अझै सम्भावना देखिएन

रुसले यही डिसेम्बर २९ तारिखका दिन युक्रेनको राजधानी किभसमेत ओडिस्सा, डेनिप्रो, खार्खिभ, लभिभ समेत धेरैवटा शहरलाई लक्षित गरी एक सय ५८ वटा हाइपरसोनिक क्षेप्यास्त्र, ड्रोनले आक्रमण गर्यो । अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण मानिएको यस घटनामा परेर कम्तीमा ३० जना युक्रेनीको ज्यान गएको थियो भने दुई सयभन्दा बढी मानिस घाइते भएका छन् । त्यसलगत्तै युक्रेनले पनि […]

कमजोर बन्दै रुस-युक्रेन तनाव : यसरी रोकिन सक्छ युद्ध

रुसले युक्रेनमा आक्रमण सुरु गरेको डेढ वर्ष भइसकेको छ। डेढ वर्षसम्म पनि युद्धले रुसले चाहेको जस्तो रूप लिएन। रुसले एकदमै छोटो समयमा युद्ध सकिने अपेक्षा गरेको थियो। छोटो समयमा नै युक्रेनको सेना समेत आफ्नो नियन्त्रणमा राख्ने रुसको अपेक्षा थियो। रुसको अनुमान यो पनि थियो कि अमेरिका पनि लफडामा अल्झन चाहँदैन र छोटो समयपछि नै हतियारको […]

रुस-युक्रेन युद्धको बीचमा अमेरिकाको शक्ति प्रदर्शन, स्वीडेनमा ठूलो बमबारी

रुस–युक्रेन युद्धका कारण युरोपभर तनाव कायमै छ । अमेरिकाको नेतृत्वमा नाटो देशका सेनाले रुसको सिमानामा क्याम्प राखेका छन् । योसँगै रुसले युक्रेन मुद्दामा नझुक्ने वाचा गरेको छ । यसैबीच अमेरिकाले रुस नजिकै स्वीडेनमा प्रत्यक्ष फायर ड्रिल गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ । यस अभ्यासमा अमेरिकी बोइङ बी-५२ स्ट्राटोफोर्ट्रेस बमवर्षकले पूर्व निर्धारित लक्ष्यमा प्रत्यक्ष बम […]

परराष्ट्र सम्बन्धमा राष्ट्रपतिको चासो, पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल

२२ साउन, काठमाडौं । राष्ट्रपति विद्योदवी भण्डारीले नेपालको परराष्ट्र सम्बन्धबारे चासो व्यक्त गरेकी छन् । आइतबार पूर्व परराष्ट्रमन्त्रीहरुलाई बोलाएर उनले रुस–युक्रेन युद्ध, ताइवानको तनाव तथा नेपालको परराष्ट्र सम्बन्धबारे चासो राखेकी हुन् । भेटमा सहभागी पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी भन्छन्, ‘उहाँले हाम्रो धारणा सुन्नुभयो । अरु केही भन्नु भएन ।’ लोहनीका अनुसार राष्ट्रपति कार्यालय, शीतल […]

रुस–युक्रेन युद्धको १०० दिन पुरा, ६८ लाख मानिसहरूले घर गुमाए

एजेन्सी, २० जेठ । फेब्रुअरी २४ मा, आजभन्दा १०० दिन अगाडि, नाटोको सदस्यतालाई लिएर रुस–युक्रेनबीचको तनाव यस्तो हदसम्म बढ्यो कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध सुरु गरे । त्यसयता पछिल्लो १०० दिनमा युक्रेनको तस्विर पूर्ण रूपमा बदलिएको छ । कुनै समय चमक र उज्यालोले भरिएको युक्रेनी सहर आज भग्नावशेषमा परिणत भएको छ । युद्धको यो […]

रुस–युक्रेन तनाव : चेल्सी बेच्ने तयारीमा अब्राहिमोविच ?

रुसी अर्बपति रोमन अब्राहिमोविचले प्रिमियर लिग फुटबल क्लब चेल्सी बेच्ने तयारी गरेका छन् । स्वीस व्यवसायी हान्सहोर्ग विसले आफूसहित केही व्यवसायीलाई चेल्सी किन्ने अफर आएको जानकारी दिएका हुन् । रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेपछि अब्राहिमोविच निकै दबाबमा रहेका छन् । पश्चिममा मुलुकहरूले रुसमा लगाएको प्रतिबन्धहरूका कारण अब्राहिमोविचले क्लबलाई बेच्ने निधोमा पुगेको बताइएको छ । अब्राहिमोविचले यसअघि चेल्सीको फाउन्डेन्सनले अनिश्चितकालका लागि क्लबको नेतृत्व लिने विज्ञप्तिमार्फत जारी दिइसके

रुस-युक्रेन युद्धको असर नेपाली भान्सासम्म

१२ फागुन, काठमाडौं । युरोपेली मुलुक युक्रेनमा रुसले बिहीबार बिहानदेखि सैन्य कारवाही सुरु गरेको छ । रुस-युक्रेन यो तनाव लम्बिए त्यसको असर नेपालको भान्सासम्म नै आइपुग्ने जाखिम छ । किनभने नेपाल र युक्रेनबीचको सीधा व्यापारिक सम्बन्ध छ । गत आर्थिक वर्षमा युक्रेन नेपाललाई सबैभन्दा धेरै वस्तु विक्री गर्ने मुलुकमा छैठौं स्थानमा थियो भने चालु आर्थिक […]

रुस–युक्रेन तनावबारे बाइडेन र जोनसनबीच ४० मिनेट लामो फोनवार्ता

एजेन्सी, ३ फागुन। रुस–युक्रेन तनावबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ। ४० मिनेट लामो फोनवार्तामा तनाव अन्त्यका लागि थप कुटनीतिक पहल गर्ने सहमति भएको बीबीसीले लेखेको छ । फोनवार्तामा बेलायत प्रधानमन्त्री जोनसनले बाइडेनसँग उक्त संकटमा सघाउन आफूले सबैथोक गर्न तयार रहेको बताएका छन्। बाइडेनले पनि बेलायती सहायताबिना केही नगर्ने […]

रुस-युक्रेन विवादबारे पुटिन र बाइडेनबीच करिब १ घण्टा फोनवार्ता

एजेन्सी, १ फागुन। रुस युक्रेन तनाव भैरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन वार्ता गरेका छन् । युद्ध हुन नदिन दुई नेताबीच हिजो (शनिबार) करिब १ घण्टा टेलिफोनमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ। कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने बताएको […]

रुस युक्रेन तनाव-विश्व शान्ति कायम गर्न शान्ति समाजको माग

काठमाडौँ, २४ माघ: रुस युक्रेन तनाव कम गर्दै आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको छ । जोरपाटी चोकमा आज आयोजित शान्तिपूर्ण धर्नामा गोकर्णेश्वर नगरपालिका–५, ६ र ८ का वडाध्यक्षहरु क्रमश : नारायण सुवेदी, रमेश अर्याल र मनोज ढुङ्गानाले रुस र युक्रेनबीचको तनाव कम गर्न विश्व समुदायले पहल […]