चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले चलचित्र विकास बोर्डलाई संविधानको मर्म र भावनाअनुसार समावेशी बनाउनुपर्ने बताएका छन् ।   राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा भाग लिनुहुने सांसदहरुले बोर्डको संरचना संविधानको मर्मअनुरूप सबै पक्षलाई यथाशक्य समटे्नेगरी समावेशी हुनुपर्ने धारणा व्यक्त गरे।   सो अवसरमा समितिका सांसद राधेश्याम पासवानले सदियौँदेखि कला र संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदैआएका दलित समुदायको बोर्डमा […]