नेपालले पायो बलियो लक्ष्य - हाम्रो खेलकुद

काठमाडौं(हाम्रो खेलकुद) - स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा स्कटल्याण्डले नेपाललाई १ सय ९४ रनको बलियो लक्ष्य दिएको छ । स्कटल्याण्डमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार गर्यो । स्कटल्याण्डका लागि ओपनर जर्ज मन्सी ३९ बलमा ५ चौका र ६ छक्काको सहयोगमा