अमेरिकाको क्यालिफोर्नियास्थित एड्वर्ड्स एअर भोस बेसबाट उडान भर्ने बित्तिकै वायुसेनाको एक बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका आठ सदस्यको मृत्यु भएको छ । एक नियमित परीक्षण उडानका क्रममा सोमबार स्थानीय समय अनुसार बिहान ११:२० बजे उक्त दुर्घटना भएको हो। विमान खस्ने बित्तिकै ठूलो आगलागी भएको र आकाशमा कैयौँ माइल टाढासम्म कालो धुवाँको मुस्लो देखिएको […]