व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार (चैत १९) दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई नियन्त्रणमा लिएको हो । सीआईबीका प्रमुख एवं एआईजी मनोज केसीले उनी पक्राउ परेको बिजपाटीलाई बताए । उनलाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका निम्ति पक्राउ गरिएको जनाइएको छ ।