एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणः मुख्य आरोपी पक्राउ

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा प्रहरीले मुख्य संलग्न व्यक्ति पक्राउ गरेको छ। प्रहरीको अनुसन्धानबाट कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका ३३ वर्षीय संदिप सिंह प्रश्नपत्र लिकमा संलग्न रहेको खुलेपछि उनलाई पक्राउ गरिएको हो। पक्राउको पुष्टि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी अनुपम शमशेर जबराले […]