कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

म्याग्दी, १३ असोज। म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ। आइतबार बिहानदेखि नदीले कटान गर्न थालेपछि उनले सामान निकालेर घर अगाडिको सडकमा थुपार्नुभयो। ती सामान लगेर कहाँ बस्ने भन्ने निर्णय लिन उनले अझै सकेका छैनन्। “करेसाबारी सबै कालीगण्डकीले बगायो, घरको आँगनमै नदी बग्न थालेपछि ज्यान जोखिममा पारेर यहाँ […]