काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको करिब ४.४ अर्ब पाउन्डको सञ्चित कोषबाट सदस्य राष्ट्रलाई थप रकम वितरण गर्न सकिने संकेत गरेका छन्। बीबीसी स्पोर्ट्सका अनुसार फिफाका ६ वटा महादेशीय महासंघहरूलाई पत्र लेख्दै अध्यक्ष इन्फान्टिनोले जिम्मेवार तरिकाले दिन सकिने सबैभन्दा उच्च स्तरको अतिरिक्त आर्थिक सहयोगलाई आफूले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। […]