काठमाडौँ। नेकपा (एमाले)ले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको पार्टी उपमहासचिव लेखराज भट्टले बताएका हुन । उनका अनुसार प्रतिवेदनबाट पार्टी नेतृत्व पुनर्गठनसम्बन्धी विषय हटाइएको छ । पार्टी महासचिव शंकर पोखरेलले तयार गरेको ६५ पृष्ठको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले […]