२६ सयमा बस्यो नेप्से, २० दिनपछि ६ अर्बमाथिको कारोबार

बजारको पाँच दिने मुभिङ एभरेज रेखाले २० दिने मुभिङ एभरेज रेखालाई लगभग छोएको छ। यदी २० दिने मुभिङ एभरेज रेखालाई पार गरेर पाँच दिने रेखा माथि गएमा बजार केही समय थप बढ्ने मानिन्छ। यद्यपी २६ सय विन्दुलाई नेप्सेले परिक्षण गरिरहेकै छ, त्योभन्दा माथि जान सकेको छैन।