काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेकपा एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको र मुलुकमा निर्वाचनका वातावरण सुनिश्चित नरहेको विषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बिहीबार) भएको छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवालीलगायत नेताले सरकार गठन र संसद् विघटनबारे संवैधानिक परीक्षण हुनुपर्ने र निर्वाचनको निष्पक्षताबारे ढुक्क हुनुपर्ने […]