मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने

काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज (मंगलबार) विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। ‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२-०६-२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,’प्रदेश सभामा मुख्यमन्त्री सिंहले पठाएको पत्रमा भनिएको छ।