सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनको प्रक्रिया अघि बढाउँदै देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन सुरु गरेको छ। पाठ्यक्रमलाई समयसापेक्ष, व्यवहारिक, जीवनोपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्डस्तरबाटै सरोकारवालाको अनुभव र सुझाव लिन थालिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका सात टोली सातै प्रदेशमा परिचालन भएका छन्। टोलीले भदौ […]