अमेरिकी पेट्रोल पम्पहरूमा रहेको इन्धन भण्डारण प्रणालीमा साइबर आक्रमण भएको आशंका गरिएको छ। अमेरिकी अधिकारीहरूले इरानसँग सम्बन्धित ह्याकर समूहहरूले विभिन्न राज्यमा रहेका इन्धन भण्डारण प्रणालीमा नै साइबर हमला गरेको हुनसक्ने आँकलन गरेका छन्। ह्याकरहरू ग्यास स्टेसनमा रहेका इन्धन ट्याङ्कीको मात्रा निगरानी गर्ने प्रणालीमा प्रवेश गरेका थिए। ती ह्याकरहरूले इन्टरनेटमा खुला अवस्थामा रहेका र पासवर्ड सुरक्षा […]