काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको बाछिटा देखिन थालेको छ । प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको राप्रपामा पछिल्लो राजनीतिक अवस्था र निर्वाचन परिणामलाई लिएर असन्तुष्टि चुलिएको हो । धवल शमशेर जबरासहितका नेताहरूले लिखित पत्र नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पठाएर नेतृत्वको कार्यशैली, संगठनात्मक कमजोरी र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन् […]