लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई यति बेला कृषि क्षेत्रमा एक उदाहरणीय व्यक्तित्वका रूपमा चिनिन थालेका छन् । जनप्रतिनिधिको जिम्मेवारीसँगै कृषिमा सक्रिय सहभागिता जनाउँदै आउनुभएका उहाँले व्यावसायिक लिची खेतीमार्फत मनग्य आम्दानी गरिरहेका हुन् । परम्परागत खेती प्रणालीलाई आधुनिक सोच र व्यवस्थापनसँग जोड्दै उहाँले गाउँमा बसेर सफल कृषि उद्यम सम्भव छ भन्ने […]