दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत ९२ वटा योजना सम्पन्न भएका छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्वअन्तर्गत ९२ योजना सम्पन्न भएका हुन् भने आठ वटा सञ्चालनमा आएका छन् । आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरूमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापन कार्यक्रम सञ्चालन […]