विराटनगरमा जग्गाको कित्ताकाट गर्ने बाटो खुल्यो, एक महिनाभित्र भू-सेवा सुरु गर्ने लक्ष्य

विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटै वडाको भू-उपयोग क्षेत्र वर्गीकरण टुङ्ग्याएर अन्तिम प्रतिवेदन नापी कार्यालयमा पठाएपछि लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट अघि बढाउने बाटो खुलेको छ । महानगरले एक महिनाभित्र भू-सेवा सञ्चालनमा ल्याउने लक्ष्य पनि राखेको छ । प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माका अनुसार महानगरले २०८३ कात्तिक २७ गते नापी कार्यालय विराटनगरलाई पत्र पठाएर भू-उपयोग […]