आफ्नो राज्य विस्तार अभियानका क्रममा सबैभन्दा पहिले असोज १८०१ मा पृथ्वीनारायण शाहले कान्तिपुर राज्यअन्तर्गतको नुवाकोट हात पारे। त्यसपछि अधिकांश समय त्यहीँ बसेका उनले १८२५ सालमा कान्तिपुरमा राजधानी सारे। उनले जितेलगत्तै नुवाकोटमा राजभवन भने बनाएका थिएनन्। मल्लकालीन रंगमहलमा बसेर काम चलाएका थिए (धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठ, नुवाकोटको ऐतिहासिक रूपरेखा)। १८१९ सालमा मात्रै नुवाकोट दरबार बनाइयो। […]