हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव सार्वजनिक रूपमा अस्वीकार गरे पनि इरानले अझै पनि मध्यस्थकर्ताहरूमार्फत आधिकारिक अमेरिकी प्रतिक्रियाको पर्खाइमा रहेको जनाएको छ । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानी प्रस्ताव ‘स्वीकार्य’ नरहेको र तेहरान ‘नराम्ररी हारिरहेकाले’ सात दिनभित्र व्यापारिक जहाजका लागि जलडमरू खोल्ने सम्झौता गर्न चाहेको दाबी गरेका थिए […]