काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आमरण अनशन बस्दै आएका अछामका मदन बुढाको अनशन तोडाएका छन् । बुढा विभिन्न माग राखेर चार दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा अनशन बस्दै आएका थिए । गृहमन्त्री अर्यालले अनशनस्थलमा पुगेर अनशनरत बुढालाई पानी पिलाएर अनशन तोडाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार […]